खेलकुद

नेपाल र बङ्गलादेशको खेल बराबरी

काठमाडौँ । नेपाल र बङ्गलादेशबिचको पहिलो मैत्रीपूर्ण फुटबल खेल गोल रहित बराबरीमा सकिएको छ । 

दशरथ रङ्गशालामा शनिबार साँझ भएको प्रतिस्पर्धात्म खेलमा दुवै टोलीले गोल गर्ने केही राम्रा अवसर गुमाएका थिए ।

मैत्रीपूर्ण खेलको नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले रेफ्रीलाई बल प्रदान गरी उद्घाटन गर्नुभएको थियो ।

यस खेल विश्व फुटबल महासङ्घ (फिफा) विन्डो अन्तर्गत आयोजना भएको हो । दुई टोलीबिचको दोस्रो खेल मङ्गलबार हुनेछ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्