खेलकुद

नेपाल एसियाली खेलकुद महिला क्रिकेट छनोटको सेमिफाइनलमा प्रवेश

काठमाडौँ । नेपाली महिला क्रिकेट टोली एसियाली खेलकुद महिला क्रिकेट छनोटअन्तर्गत समूह ‘बी’ को खेलमा इन्डोनेसियालाई पराजित गर्दै सेमिफाइनलमा पुगेको छ । 

मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा आज  खेलमा नेपालले इन्डोनेसियामाथी चार विकेटको जित निकाल्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।

प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जित हो । यसअघि भएको पहिलो खेलमा  नेपालले चीनमाथि १९ रनको शानदार जित हात पारेको थियो । आजको खेलमा इन्डोनेशियाले नेपाललाई जितका लागि  ११४ रनको लक्ष्य दिएको थियो । जवाफमा नेपालले १९।३ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालका लागि कप्तान इन्दु वर्माले अविजित ४२ रनको महत्वपूर्ण इनिङ्स खेलिन् । सोनी पाखरिनले २९ तथा सीता रानामगरले अन्तिम समयमा आक्रामक ब्याटिङ गर्दै ६ बलमा अविजित १३ रन जोडिन् । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको इन्डोनेसियाले निर्धारित २० ओभरमा चार विकेट गुमाएर ११३ रन बनाएको थियो । इन्डोनेसियाकी कप्तान नि पुतु आयु नन्दा सकारिनीले अविजित ५६ रन बनाइन् । त्यस्तै  भने नि लुह देवीले २३ रनको योगदान दिइन् ।

बलिङतर्फ नेपालका लागि मनिषा उपाध्यायले उत्कृष्ट बलिङ गर्दै चार ओभरमा नौ रन खर्चेर दुई विकेट लिइन् । त्यस्तै रिया शर्माले एक विकेट हात पारिन् । खेलमा उत्कृष्ट प्रदर्शन गरेकी इन्दु वर्मा प्लेयर अफ द म्याच घोषित भइन् ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्