राजनीति

नेपाली कम्युनिस्ट पार्टी र जसपा एकीकरण पक्षधर समूह एकता घोषणा

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा)को एकीकरण पक्षधर समूह, जनजागरण पार्टी नेपाल, नेकपा बहुमत विद्रोही समूह र नेकपा विद्रोही समूहबिच एकता घोषणा भएको छ ।

काठमाडौँमा आज एक कार्यक्रमकाबिच पार्टी एकता घोषणा गर्दै सहमतिपत्रमा हस्ताक्षर गरिएको छ ।

सहमतिपत्रमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव नेपाल र जसपा एकीकरण पक्षधर समूहको तर्फबाट संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।

१० बुँदे सहमतिमा मुलुकलाई समाजवादको दिशामा अघि बढाउने र संविधान संशोधनमार्फत शासकीय स्वरूप परिवर्तन गर्ने विषय उल्लेख छ ।

यसैगरी विगतका सबल र दुर्बल पक्षहरूको समीक्षा गर्दै अब बन्ने एकीकृत पार्टीले नेपाली विशेषताको समाजवादलाई आफ्नो मूल कार्यक्रमको रूपमा अङ्गीकार गर्ने निर्णय गरिएको छ ।

पहिचान र अधिकारसहितको संघीय समाजवादी गणतन्त्र प्राप्तिको रणनीतिक लक्ष्य पूरा गर्न सडक, सदन र सरकार तीन वटै मोर्चाबाट सङ्घर्ष गर्ने प्रतिबद्धता नेताहरूले जनाएका छन् ।

यसैगरी नेपाली कम्युनिस्ट पार्टी  र जनजागरण पार्टी नेपालबीच ११ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्