राजनीति

नेपाली कम्युनिष्ट पार्टीको ‘प्रतिबद्धता पत्र’ सार्वजनिक

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले आर्थिक सुधारलाई विशेष जोड दिँदै आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि सङ्क्षिप्त प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।

पार्टी मुख्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रममा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सो प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको हो ।

प्रतिबद्धता पत्रमा आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकास, स्थानीय तह र समुदायबाटै समाजवादको अभ्यास, जनताको घरदैलोसम्म गुणस्तरीय सेवा प्रवाह, आर्थिक विकास, समृद्धि, सुशासन, पारदर्शीता र मितव्ययितालाई विशेष प्राथमिकतामा राखिएको छ ।

शैक्षिक तथा स्वास्थ्य क्षेत्रको गुणस्तरीय पूर्वाधार, समृद्धिको आधार एवं उद्यमशीलता, उद्यमी परिवार, गाउँ–सहर एवं घर–घरमा रोजगार दिलाउने प्रतिबद्धता पत्रमा उल्लेख छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्