इमिग्रेशन अपडेट

नेपाली आप्रवासी कामदारले ई-७ भिसामार्फत कोरिया जान नपाउने

काठमाडौँ ।  नेपाली आप्रवासी कामदारले ई-७ भिसामार्फत कोरिया जान नपाउने भएका छन् ।

वैदेशिक रोजगार विभागले मंगलबार सूचना जारी गरेर गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउने सम्बन्धी कार्यविधि, २०८० कार्यान्वयन नहुने बताएसँगै ई-७ भिसामा कोरिया जाने बाटो नखुलेको हो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट उक्त कार्यविधि कार्यान्वयन नगर्न निर्देशन आएको विभागले जनाएको छ। हाल रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत नेपाली कामदार कोरिया जाने गरेका छन्।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्