राजनीति

निर्वाचन देश बनाउने सङ्कल्पको जनमत हो : नेता पोखरेल

काठमाडौँ । काठमाडौँ निर्वाचन–५ का उम्मेदवार रहनुभएका एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता ईश्वर पोखरेलले आगामी निर्वाचनलाई आफूहरूले देश बनाउने सङ्कल्पको जनमतका रूपमा लिएको बताउनुभएको छ ।

सो क्षेत्रअन्तर्गत काठमाडौँ महानगरपालिका–३ स्थित चुनावी कार्यक्रममा नेता पोखरेलले राष्ट्रिय स्वाभिमान, स्वाधीनता, स्वतन्त्रता र अखण्डताको पक्षमा उभिने शक्तिहरू एकजुट हुनुपर्ने धारणा राख्दै आफूहरू देश बनाउने शक्ति विजयी हुनुपर्छ भन्नेमा रहेको स्पष्ट गर्नुभयो ।

उहाँले विकास र राजनीतिक स्थायित्वको प्रमुख एजेण्डा एमालेसँग रहेको तथा पार्टीका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सुरु भएका पूर्वाधार र विकासका योजनालाई पूर्णता दिन आवश्यक रहेको बताउनुभयो ।

नेता पोखरेलले आफू झन्डै तीन दशकदेखि काठमाडौँ–५ मा सक्रिय रहेको र यहाँका जनताको सेवाका लागि कटिबद्ध रहेको उल्लेख गर्नुभयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्