मनोरंजन

नयाँ प्रतिभाको खोजी: एक्टिङ आइडल प्रतियोगिता आयोजना हुने

काठमाडौँ । लग्जरी इभेन्ट एन्ड इन्टरटेनमेन्टको आयोजनामा ‘एक्टिङ आइडल’ सिजन–१ प्रतियोगिता आयोजना हुने भएको छ । अभिनय क्षेत्रमा नयाँ प्रतिभा खोज्ने उद्देश्यसहित एक्टिङ आइडल सिजन–१ ल्याउन लागिएको लग्जरी इभेन्ट एन्ड इन्टरटेनमेन्टकी संस्थापक पूजा रेग्मी महन्तले जानकारी दिनुभयो ।

महन्तका अनुसार संस्थाको मुख्य उद्देश्य व्यक्तिभित्र लुकेका प्रतिभालाई उजागर गर्नु र सही मार्गदर्शनमार्फत समाज तथा देशका लागि सिर्जनशील व्यक्तित्व उत्पादन गर्नु हो । “यस्ता खालका कार्यक्रमले देशको कला, संस्कृति र भाषाको संरक्षणमा समेत टेवा पु¥याउने विश्वास लिएका छौँ,” उहाँको भनाइ थियो । अडिसन काठमाडौँको कालिकास्थानस्थित सर्वनाम थिएटरमा आज (बुधबार) आयोजना हुँदै छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्