नेपाल

देशभरका पाँच स्थानमा सडक पूर्णरूपमा अवरुद्ध

काठमाडौँ । शनिबार बाढी र पहिरोका कारण देशभरका विभिन्न स्थानमा राजमार्गहरू अवरुद्ध भएका छन् । नेपाल प्रहरीले आज बिहान १० बजे सार्वजनिक गरेको विवरण अनुसार देशका ५ स्थानमा सडक पूर्णरूपमा अवरुद्ध भएका छन् । साथै सात स्थानमा एकतर्फी रूपमा मात्र सवारी साधन सञ्चालनमा रहेका छन् ।

प्रहरीका अनुसार सङ्खुवासभाको भोटखोला गाउँपालिका–८ स्थित कोशी राजमार्ग पूर्णरूपमा अवरुद्ध छ । यस्तै रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ मा नेपाल र चीन नाका जोड्ने पुल, गोसाईंकुण्ड गाउँपालिका–२, ३ मा पर्ने पासाङल्हामु सडक खण्ड र उत्तरगया गाउँपालिका–५, गल्छी–त्रिशूलीदेखि मैलुङ–स्याफ्रु पूर्णरूपमा बन्द भएको छ ।

त्यस्तै, रुकुम पश्चिममा बाढीका कारण आठबिसकोट नगरपालिका-६ स्थित जाजरकोट–डोल्पा भेरी काेरिडोर सडक खण्ड पनि पूर्णरूपमा अवरुद्ध भएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्