अर्थ

दक्षिण कोरियामा पाँच हजार तीन सय नेपाली कामदारको माग

काठमाडौँ । दक्षिण कोरियामा सन् २०२५ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत पाँच हजार तीन सय नेपाली श्रमिकलाई लैजान आवेदन माग गरेको छ । दक्षिण कोरिया सरकारको श्रम संसाधन विभागले सन् २०२५ मा उत्पादनमूलक र कृषि तथा पशुपालन क्षेत्रमा काम गर्न यो सङ्ख्यामा कोटा मागेको हो ।

वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस शाखाका अनुसार दक्षिण कोरियामा साना तथा मझौला उद्योगमा विदेशी श्रमिक अभाव हुन थालेपछि पाँच हजार तीन सयमध्ये उत्पादनमूलक क्षेत्रका लागि तीन हजार पाँच सय र कृषि तथा पशुपालन क्षेत्रका लागि एक हजार आठ सय जनाको लिइने छ ।

इपिएस शाखाका अनुसार आवेदन यही साउन २६ देखि ३१ सम्म दिन सकिने छ । हाललाई पाँच हजार तीन सय माग गर्ने गरी कोटा तोकिए पनि कोरियाका रोजगारदाताको माग अनुसार उत्तीर्ण सङ्ख्या थपघट हुन सक्ने पनि सो शाखाले जनाएको छ ।

 

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्