साहित्य

तीन साहित्यकार पुरस्कृत

नेपालगन्ज । सिर्जना कला साहित्य प्रतिष्ठानले आयोजना गरेको दोस्रो अधिवेशनमा तीन जना वरिष्ठ साहित्यकारलाई विभिन्न पुरस्कार प्रदान गर्नुका साथै सम्मानित गरिएको छ । कार्यक्रममा वरिष्ठ साहित्यकार पूर्ण ओलीलाई पशुपति शाह स्मृति साहित्य पुरष्कार, भरतबहादुर रानाभाटलाई वि. विकास साहित्य रत्न सम्मान र विष्णुलाल कुमाललाई भूपेन्द्रप्रकाश प्रतिभा गौरव सम्मान प्रदान गरिएको हो । उहाँहरूलाई लुम्बिनी प्राविधिक विश्वविद्यालय, सेवा आयोगका सदस्य एवं साहित्यकार प्राडा कृष्णप्रसाद घिमिरे, नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वसदस्यसचिव सनत रेग्मी तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ महानन्द ढकालले पुरस्कार तथा सम्मानपत्र प्रदान गर्नुभयो ।

कार्यक्रममा उपन्यासकार शशिराम कार्कीको ‘आरन’ उपन्यासको विमोचन गरिएको थियो । साहित्यकारहरू लेकप्रसाद प्याकुरेल र बिपी अस्तुले कृतिको समीक्षा गर्नुभएको थियो । साहित्यकारहरू कल्पना पौडेल ‘जिज्ञासु’, खगेन्द्र गिरी ‘कोपिला’, डा. हरिप्रसाद तिमिल्सिना, वरिष्ठ साहित्यकार प्राडा कृष्णप्रसाद घिमिरेले साहित्य र कृतिका बारेमा आआफ्नो धारणा राख्नुभएको थियो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्