नेपाल

डोटीमा जिप दुर्घटना, दुई जनाको मृत्यु

डोटी । डोटीको आदर्श गाउँपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार सोमबार राति आदर्श गाउँपालिकाको खतेडाबाट आदर्श गाउँपालिकाकै काँडीस्याउले जाने क्रममा बोलेरो जिप दुर्घटना हुँदा आदर्श गाउँपालीका ३ बस्ने २२ वर्षीया चालक सुबोध रोकाया र सोही ठाउँ बस्ने कैलाश विकको घटनास्थलमा नै मृत्यु भएको हो ।

मौवा गिरिचौका भित्रि कच्ची सडकअन्तर्गत रौसेल्ला खोला नजिक दुर्घटना भएको हो । सु.प.प्र.०१–००१ च ३९२३ नम्बरको बोलेरो जिप घुम्तीमा अनियन्त्रित भई सडकबाट तल खसेको प्रहरीले जनाएको छ ।

प्रहरी टोलीले खोजतलास गर्दा सुबोध र कैलाशको शव साइलीगाड खोलामा करिब ९ सय मिटर तल खोचमा फेला परेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्