इमिग्रेशन अपडेट

ट्रम्पको जन्मसिद्ध नागरिकता आदेशलाई देशभरि रोकिनेछ: न्यायाधीश डेबोरा बोर्डम्यान

मेरिल्याण्ड । पुनरावेदन अदालतले अनुमति दिएमा मेरिल्याण्डका एक संघीय न्यायाधीशले शिघ्र राष्ट्रपति डोनाल्ड ट्रम्पको जन्मसिद्ध नागरिकतालाई प्रतिबन्ध लगाउने आदेशलाई देशभर लागू हुनबाट रोक्ने दोस्रो न्यायाधीश व्यक्ति बन्न सक्ने फैसला दिने भएकी छिन् ।

अमेरिकी जिल्ला न्यायाधीश डेबोरा बोर्डम्यानले बुधबार अदालतको भएको मुद्धा माथिको बहसका क्रममा आफ्नो राय दिदै भनिन्, कार्यकारी आदेशबाट प्रभावित सबै बालबालिकाको अवस्था र स्थिति अदालतलाई अवगत छ र यसलाई रोक्न प्रारम्भिक निषेधाज्ञा प्रदान गरिनेछ।’ तर आजको सुनुवाई र बहस लगत्तै उनले कुनै फैसला गरिनन् । उनको अघिल्लो निर्णय चौथो अमेरिकी सर्किट अदालतमा पुनरावेदनमा रहेको र चौथो अमेरिकी सर्किट अदालतले उक्त मुद्दा उनलाई फिर्ता गरेपछि अन्तिम फैसला गर्ने आफ्नो रायमा उल्लेख गरेका छिन् ।

बोर्डम्यानले भनिन्, ‘उनको तत्कालको फैसलाले “न्यायिक दक्षता र अर्थतन्त्रलाई प्रवर्द्धन गर्नेछ किनभने यसले चौथो सर्किटलाई देश व्यापीरुपमा प्रारम्भिक निषेधाज्ञाको प्रभावहरु चाँडो भन्दा चाँडो विचार गर्न सक्षम बनाउनेछ।’

यस अघि न्यु ह्याम्पशायरका एक संघीय न्यायाधीशले गत हप्ता ट्रम्पको कार्यकारी आदेशलाई देशभर लागू हुनबाट रोक लगाउने फैसला सुनाएका थिए।

अमेरिकी जिल्ला न्यायाधीश जोसेफ लाप्लान्टेले प्रारम्भिक निषेधाज्ञा जारी गरे र प्रभावित हुने सबै बालबालिकाहरू सहितको समुदायको मुद्धा प्रमाणित गरे। एक घण्टा लामो सुनुवाइ पछिको आदेशमा अपीलको लागि अनुमति दिन सात दिनको समय समावेश थियो।

यो निर्णयले जन्मसिद्ध नागरिकताको मुद्दालाई सर्वोच्च अदालतमा फिर्ता पठाउने तल्लॉ अदालतको रायलाई तिब्रताका साथ अगि बढाएको छ । न्यायाधीशहरूलाई गत महिना उनीहरूको निर्णयसँग यो आदेशले राष्ट्रव्यापी निषेधाज्ञा जारी गर्ने न्यायाधीशहरूको अधिकार सीमित गर्ने सर्वोच्चको निर्णयको पालना गर्छ कि गर्दैन भनेर निर्णय गर्न पनि आग्रह गर्न मार्ग प्रसस्त गरेको छ । उच्च अदालतले भन्यो कि जिल्ला न्यायाधीशहरूले सामान्यतया राष्ट्रव्यापी निषेधाज्ञा जारी गर्न सक्दैनन्। तर यसले न्यायाधीशहरूले राष्ट्रिय रुपमा सरोकारमा रहेको विशेष मुद्धा मार्फत यो पूरा गर्न सक्छन् कि सक्दैनन् भन्ने कुरालाई अस्वीकार पनि गरिनन् ।

राष्ट्रपति ट्रम्पको जनवरीमा जारि गरेको कार्यकारी आदेशले अमेरिकामा अवैध रूपमा वा अस्थायी रूपमा बसोबास गर्ने आमाबाबुबाट जन्मेका शिशुहरूको नागरिकताको हक अस्वीकार गर्नेछ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्