नेपाल

झापामा हुलाकी सडक अवरुद्ध

दमक । शनिवारदेखि आएको अविरल वर्षाका कारण झापामा सबैभन्दा बढी प्रभावित बनेको झापा गाउँपालिकास्थित सानोमाई खोलामा बनेको पक्की पुल बाढीले भत्काएको छ ।

हुलाकी सडक खण्डमा रहेको पुल भत्किएको हो । बाढीका कारण हुलाकी सडकका विभिन्न ठाउँमा क्षति गरेको छ । बाढीले पुलको संरचना क्षतिग्रस्त बनाउँदा झापा बजार, मिलनबस्ती र सुगा बथान जोड्ने मुख्य हुलाकी सडक खण्डमा यातायात अवरुद्ध बनेको बताइएको छ ।

झापा बजारबाट पश्चिमपट्टि हुलाकी राजमार्गमा पर्ने उक्त पक्की पुल बाढीको तीव्र बहावका कारण भत्किएको झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताउनुभयो ।

झापा गाउँपालिकाका खोला आसपासका सबै गाउँबस्ती डुबानमा परेका छन् । आइतवार साँझसम्म नेपाली सेनाको हेलिकप्टरले समेत बाढीमा फसेकाहरुको उद्धार गरेर सुरक्षित स्थलमा ओसारेको थियो । बाढीका कारण यस पालिकाका डुबान क्षेत्रहरुको अवस्था भयावह रहेको नेपाल रेडक्रस सोसाइटी झापाका शाखाका सभापति लोकराज ढकालले बताउनुभएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्