डायस्पोरा

जनसम्पर्क समिति अमेरिकाको अधिवेशन डिसेम्बर २७ तारिख घोषणा

लस एन्जलस । नेपाली काँग्रेसको भात्री संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन डिसेम्बर २७ तारिख घोषणा गरिएको छ । यद्यपि अधिवेशन कुन राज्यको कुन स्थानमा आयोजना गर्ने भन्ने बारे औपचारिक टुंगो लागेको छैन ।

जनसम्पर्क समिति अमेरिकाको अधिवेशनका लागि लस एन्जलस, मेरिल्याण्ड र बोस्टन च्याप्टरले तयारी गरिरहेका छन् ।

शुक्रबार राति सभापति आनन्द विष्टको अध्यक्षतामा सम्पन्न बैठकले शनिबार देखि डिसेम्बर १५ तारिख सम्मको अवधि कायम गरेर सदस्यता खुल्ला गरेको छ । यस पटक देखि नेपाली काँग्रेसको क्रियाशील र जनसम्पर्क समिति अमेरिकाको सदस्यता छुट्टा छुट्टै बन्न सकिने प्रावधान गरिएको छ ।

विष्टका अनुसार च्याप्टर अधिवेशन डिसेम्बर २० तारिख र त्यसै दिन केन्द्रिय प्रतिनिधि चयन गरिने छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्