डायस्पोरा

अष्ट्रेलियामा नेपाली मूलका अञ्जन पौडेल नर्थन टेरिटोरी बारमा वकिलका रूपमा दर्ता

सिड्नी । अस्ट्रेलियाको नर्थन टेरिटोरीमा (उत्तरी प्रदेश, एनटी)मा पहिलो पटक नेपाली मूलका अञ्जन पौडेल वकिलका रूपमा दर्ता हुनुभएको छ। ३० वर्षीय पौडेल आधिकारिक रुपमा अस्ट्रेलियाको नर्थन टेरिटोरी बारमा दर्ता हुनुभएको हो।

पौडेलले करियरको सुरुवात प्रशासनिक सहायकका रूपमा गर्नुभएको हो। उहाँ कानुनी संस्थामा कानुन सहायकका रूपमा काम गर्दै अहिले औपचारिक रूपमा वकिल बन्न सफल बन्नुभएको हो।

पौडेल भन्नुहुन्छ, “यो केवल मेरो उपलब्धि होइन, यहाँका नेपाली समुदायको गौरव हो। अस्ट्रेलियाले अवसर दिन्छ, केवल आत्मविश्वास छाड्नु हुँदैन रहेछ।”

पौडेल सन् २०१५ मा अस्ट्रेलिया जानुभएको हो। सुरुमा अकाउन्ट पढ्न जानुभएका उहाँले पछि कानुन विषय अध्ययन गर्नुभएको हो। उहाँको उपलब्धिलाई एनटीस्थित नेपाली समुदायले प्रेरणादायी भन्दै प्रशंसा गरेका छन्।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्