राजनीति

जनमत पार्टीको मधेश प्रदेश संसदीय दलको नेतामा सिंह  

जनकपुर । मधेश प्रदेशमा पुनः सरकार परिवर्तनको खेल शुरु भएको छ ।

मधेश प्रदेश सभामा रहेका चौथो ठूलो दलको रुपमा रहेको जनमत पार्टीले संसदीय दलका नेता नै परिवर्तन भएको छ । सो पार्टीले मधेश प्रदेशमा आफ्नो संसदीय दलको नेता चन्दन कुमार सिंहलाई तोकेको जनाएको हो ।

पार्टीका राष्ट्रिय अध्यक्ष डा. चन्द्रकान्त राउतले यस अघि संसदीय दलको रुपमा रहेका अर्थमन्त्री महेशलाल यादवको ठाउँमा प्रमुख सचेतक रहनु भएका सिंहलाई चयन गर्नुभएको छ ।

नेपाली काँग्रेसका संसदीय दलका नेता कृष्ण प्रसाद यादवको नेतृत्वमा बनेको सरकारमा दोस्रो वरियतामा जनमत पार्टीका हालका संसदीय दलका नेता महेश प्रसाद यादव अर्थ मन्त्री रहनुभएको छ ।

यस परिवर्तनलाई मधेश प्रदेशमा सरकार परिवर्तनको सङ्केतको रुपमा अर्थाउन थालिएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्