खेलकुद

चेल्सी फिफा क्लब विश्वकपको फाइनलमा

काठमाडौँ । इङ्लिस क्लब चेल्सी अमेरिकामा जारी फिफा क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।

मेटलाइफ रङ्गशालामा बुधबार बिहान भएको खेलमा चेल्सीले ब्राजिलियन क्लब फ्लुमिनेन्स एफसीलाई २–० गोलले हरायो । चेल्सीलाई जित दिलाउन दुवै गोल जोआओ पेड्रोले गर्नुभयो ।

उहाँले १५औँ र ५६औँ मिनेटमा गोल गर्नुभएको थियो । यसअघि क्वाटर्रफाइनलमा चेल्सीले पाल्मिरस तथा फ्लुमिनेन्सले अल हिलाललाई हराएर अन्तिम चारमा स्थान बनाएको थियो ।

उपाधिका लागि चेल्सीले स्पेनिस क्लब रियल म्याड्रिड र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) बिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

 

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्