राजनीति

कांग्रेस संसदीय दलको नेताको निर्वाचन आज हुने

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलको नेताका लागि बुधबार निर्वाचन हुँदै छ । कांग्रेस बागमती प्रदेशसभा संसदीय दलको नेता निर्वाचन समितिले निर्वाचन तालिका सार्वजनिक गरेको हो ।

संसदीय दलको नेताका लागि बुधबार दिउँसो २ बजेदेखि ३ बजेसम्म मतदान हुने निर्वाचन समितिका संयोजक हरिशरण श्रेष्ठले सार्वजनिक गर्नुभएको निर्वाचन तालिकामा उल्लेख छ ।

निर्वाचन प्रक्रिया बिहान ८ बजेबाट सुरु भएसँगै मतदाता नामावली प्रकाशन बिहान ८ बजे गरिएको छ ।

उम्मेदवारी दर्ता बिहान १० बजेदेखि ११ बजेसम्म, दावी विरोध ११ः३० बजेदेखि ११ः३० बजेसम्म, उम्मेदवारको नाम फिर्ता दिउँसो १२ बजेदेखि १  बजेसम्म र उम्मेदवारको अन्तिम नामावली प्रशासन दिउँसो १ बजेदेखि रहेको निर्वाचन तालिका रहेको छ ।

यसअघि कांग्रेस बागमती प्रदेश कार्यसम्पादन समितिले निर्वाचन समिति बनाउने निर्णय गरेको थियो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्