एक्सक्लुसीभ

कांग्रेस विशेष महाधिवेशन अन्तर्गत बन्द सत्रका कार्यक्रम आजका लागि स्थगित

काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रको कार्यक्रम आजका लागि स्थगित गरिएको छ ।

बन्द सत्रमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमाथि छलफल लम्बिएका कारण आजका लागि स्थगित गरिएको र भोली बिहान ८ बजेबाट पुन बन्द सत्रका कार्यक्रम अगाडी बढाइने विशेष महाधिवेशन जिल्ला क्षेत्र, फोकल पर्सन समन्वय समितिका संयोजक युवराज पाण्डेयले जानकारी दिनुभयो ।

विशेष महाधिवेशन पक्षधरको आयोजनामा हिजो देखि काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको महाधिवेशनमा यसअघि आज बन्द सत्रमा महामन्त्रीद्वय थापा र शर्माले पेस गरेका प्रतिवेदनमाथि घनिभूत छलफल भएको र यो क्रम नसकिएकाले भोली पनि जारी रहने संयोजक पाण्डेयले रेडियो नेपाललाई जानकारी दिनुभयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्