राजनीति

कांग्रेसद्वारा राष्ट्रियसभा र प्रतिनिधिसभामा पदाधिकारी मनोनयन

काठमाडौँ। नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले राष्ट्रियसभामा पार्टीको संसदीय दलको नेता पदमा कमलादेवी पन्तलाई मनोनयन गर्नुभएको छ ।

कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०८३) बमोजिम उहाँले सांसद पन्तलाई उक्त पदमा मनोनयन गर्नुभएको हो ।

यसैगरी, नेता आङदेम्बेले प्रतिनिधिसभामा पार्टीका तर्फबाट संसदीय दलको उपनेतामा अभिषेकप्रताप शाह, मुख्य सचेतकमा वासना थापा र सचेतकमा निश्कल राईलाई मनोनयन गर्नुभएको नेपाली काँग्रेसले जनाएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्