नेपाल

कतार पठाउने भन्दै ४८ लाख ठगी गर्ने मानव तस्कर नारायण जोशी पक्राउ

काठमाडौँ । कतार पठाउने भन्दै ४८ लाख रुपियाँ ठगी गर्ने मानव तस्कर नारायण जोशी पक्राउ परेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका सूचना अधिकारी प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार मोरङ कटहरी गाउँपालिका वडा नं. ६ का स्थायी बासिन्दा जोशी धनुषा जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ बाट पक्राउ परेका हुन् ।

यसैगरी, इराक पठाउने भनी २० लाख रुपियाँ ठगी गर्ने ४३ वर्षीय गोपाल विक्रम राना, अष्ट्रेलिया पठाउने भनी तीन लाख ठगी गर्ने नवराज पौड्याल र क्रोएसिया पठाउने भनी दश लाख रुपियाँ ठगी गर्ने ङवाङ लामा पक्राउ परेका छन् ।

स्थायी घर सुर्खेत बराहाताल गाउँपालिका वडा नं. २ का राना काठमाडौँको टेकुबाट, भक्तपुर मध्यपुर ठिमी नगरपालिका १० का पौड्याल काठमाडौँको पुतलीसडकबाट र मनाङ नासोँ गाउँपालिका वडा नंं. ६ का लामा काठमाडौँ नागार्जुन नगरपालिका वडा नंं. ८ बाट पक्राउ परेका हुन् ।

उनीहरुले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा रोजगारीका लागि विदेश लैजाने भन्दै लामे समयसम्म झुक्यानमा राखि सम्पर्कविहिन बनेका थिए ।

पक्राउ परेकालाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहारीले जनाएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्