मनोरंजन

‘ऐया नि हो’ मा मेनुका र आशान्तको अभिनय

काठमाडौँ । आशान्त शर्मा निर्देशित चलचित्र ‘ताराहरू’ को ‘ऐया नि हो’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा कलाकार मेनुका प्रधान र आशान्त शर्माको अभिनय देख्न सकिन्छ । गायिका सलिना बिकेको आवाज रहेको गीतमा नेवारी भाषाको र्‍यापमा कुन्दन शाक्यको स्वर रहेको छ ।

चलचित्रमा निर्देशक शर्मासहित मेनुका प्रधान, आभास अधिकारी, मीरा खड्का, कुन्दन शाक्य, प्रभाकर न्यौपाने, राज पङ्गेनी शर्मा, प्रमोद यादव, अञ्जली शाह, पुष्कर गुरुङलगायत कलाकारको अभिनय रहेको छ । वेज प्रालि प्रस्तुति रहेको चलचित्रका निर्माता गोपिनी सेडाईं र कृष्णप्रसाद पङ्गेनी शर्मा हुनुहुन्छ भने सहनिर्मातामा घनलक्ष्मी शाक्य, जगविजय पङ्गेनी शर्मा तथा युगविजय पङ्गेनी रहनुभएको छ ।

शरद महतोको छायाङ्कन रहेको चलचित्रमा विनोद पाण्डेको सम्पादन, अविनाश नापितको भिएफएक्समा रहेको छ । चलचित्र भदौ ६ गतेदेखि प्रदर्शनमा आउने छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्