एक्सक्लुसीभ

एमाले सचिवालय बैठक पार्टी नेता बादलको नेतृत्वमा पार्टी पुनर्गठन कार्यदल गठन गर्दै सम्पन्न

काठमाडौँ । नेकपा (एमाले) को सचिवालय बैठकले निर्वाचनको आङ्कलन र पार्टी पुनर्गठन अध्ययनका लागि उपाध्यक्ष रामबहादुर थापा बादलको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।

एमाले उपमहासचिव लेखराज भट्टका अनुसार थापाको संयोजकत्वमा गठन भएको कार्यदलमा उपाध्यक्षहरु विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेल, उपमहासचिव लेखराज भट्ट, सचिवहरु पद्मा अर्याल, छविलाल विश्वकर्मा र आठ प्रदेशका ईन्चार्जहरु सदस्य रहेका छन् । समिक्षाको अवधि एक महिना रहेको छ ।

यसैगरी, बैठकले पदाधिकारीको वरियता निर्धारण गरेको छ । भट्ट भन्छन, “अध्यक्ष, दोस्रोमा उपाध्यक्ष राम बहादुर थापा, तेस्रो उपाध्यक्ष विष्णु पौडेल, चौथो पृथ्वीसुब्बा गुरुङ, पाँचौं गोकर्ण विष्ट, छैटौं रघुजी पन्त, सातौं शंकर पोखरेल, आठौं लेखराज भट्ट, नवौं योगश भट्टराई, दशौं रघुवीर महासेठ रहने छन् ।”

यसैगरी सचिवमा ११ औं छविलाल विश्वकर्मा, १२ औं पद्मा अर्याल, १३ औं खगराज अधिकार, १४ औं भानुभक्त ढकाल, १५ औं यमलाल कँडेल, १६ औं शेरधन राई, १७ औं राजन भट्टराई, १८ औं हिक्मत कार्की, १९ औं नम्बरमा महेश बस्नेतको वरियता निर्धारण भएको भट्टले जानकारी दिए ।

यसैगरी, बैठकले उपाध्यक्ष विष्णुप्रसाद पौडेलको संयोजकत्वमा संविधान संशोधन सुझाव कार्यदल गठन गरेको छ ।

संविधान संशोधन सुझाव कार्यदलमा रघुजी पन्त, छविलाल विश्वकर्मा, पद्मा अर्याल, जुली कुमारी महतो, अग्नि खरेल, महेश बर्तौता, कृष्णभक्त पोखरेल, टीकाराम भट्ट्राई, पासाङ शेर्पा, रमेश बडाल, अमर थापा सदस्य रहेका छन् ।

भट्टका अनुसार बैठकले पार्टी केन्द्रीय कार्यालयको नयाँ भवन मदननगर बल्खुमा निर्माण गर्ने निर्णय भएको जानकारी दिए ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्