डायस्पोरा

एमाले निकट बद्रि केसी समर्थित एनआरएनए यूकेको अध्यक्षमा राजेन्द्र पुडासैनी निर्वाचित

लन्डन । नेकपा एमाले निकट बद्रि कसी नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको अध्यक्षमा राजेन्द्र पुडासैनी निर्वाचित भएका छन्। बेलायतमा बसोबास गर्ने जनजातीहरु गुरुंग, मगर, तामांग, लिम्बु समुदायले बहिस्कार गरेको केसी नेतृत्वको संघको आगामी कार्यकालका लागि शनिबार सम्पन्न निर्वाचनमा पुडासैनीले १४८२ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी गोविन्द खरेलले ९७९ मत प्राप्त गरे भने अर्का उम्मेदवार मनिष खरेलले ४९६ मत प्राप्त गरेका छन् ।

यसअघि एमाले भात्री संगठन प्रवाशी मंचको अध्यक्ष रहेका पुडासैनी एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् मा २०२१–२३ कार्यकालका लागि आईसिसी सदस्य समेत रहेका थिए।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्