राजनीति

एमाले घोषणापत्र : विद्यार्थीलाई निर्व्याजी २० लाख रुपियाँ

काठमाडौं । नेकपा (एमाले) ले प्रतिनिधिसभा निर्वाचन २०८२ को घोषणापत्र जारी गर्दै आगामी सरकार आफ्नो दलको नेतृत्वमा बनेमा देशभरका सबे विद्यार्थीलाई निर्व्याजी २० लाख रुपियाँ ऋणको व्यवस्था गर्ने प्रतिवद्धता जनाएको छ । 

बिहीबार यहाँ पार्टीको घोषणापत्र जारी गर्दै एमालेले सो प्रतिवद्धता जनाएको हो । प्रतिवद्धतापत्रमा १८ वर्षदेखि २८ वर्ष उमेर समूहका युवालाई एक वर्षसम्म हरेक महिना १० जिबी निःशुल्क इन्टरनेट डाटा प्रदान गर्ने जनाएको छ ।

त्यस्तै, १० हजारको डलर कार्ड, रेमिटेन्स पठाउने श्रमिकको खातामा वार्षिक बोनस ५ हजार र सामाजिक सुरक्षा कोषमा जोड्ने जनाएको छ । कक्षा १० सम्म विद्यार्थीलाई निःशुल्क दिवाखाजा, किशोरीहरुलाई निःशुल्क सेनेटरी प्याड, श्रमिकको न्यूनतम पारिश्रमिक मासिक २५ हजार बनाउने प्रतिवद्धता जनाएको छ ।

सोहीअनुसार स्वास्थ्य स्वयम्सेवकलाई वार्षिक २० हजार भत्ता, २० हजार सुत्केरी पोषण भत्ता उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ । त्यस्तै, २०८२ भदौसम्म लिएको २५ हजारसम्मको सबै ऋण मिनाहा गर्ने, शिक्षकको मर्यादाक्रम तोक्ने पनि एमालेले प्रतिवद्धता जनाएको छ । सामुदायिक तथा निजी लगायतका सबै विद्यालयका शिक्षकहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आवद्ध गर्ने जनाएको छ ।

त्यस्तै, उद्यमी महिलालाई निव्र्याजी २० लाख रुपियाँसम्म ऋण उपलब्ध गराउने, गर्भवती महिलाको निःशुल्क जीवन विमा ५ लाख रुपियाँ उपलब्ध गराउने एमालेको प्रतिवद्धता छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्