खेलकुद

एमबाप्पे चम्किएपछि रियलको सहज जित

काठमाडौँ । केलियन एमबाप्पे चम्किएपछि रियल म्याड्रिडले स्पेनिस ला लिगामा रियाल ओभिडिओमाथि सहज जित निकालेको छ ।

आइतबार राति भएको खेलमा रियल म्याड्रिडले रियाल ओभिडिओलाई ३–० गोलले हरायो । पाहुना टोली रियलको जितमा एमबाप्पेले दुई ३७औँ र ८३औँ मिनेटमा दुई गोल गर्नुभयो । भिनिसियस जुनियरले दोस्रो हाफको इन्जुरी समयका गोल गर्दै रियललाई सजिलै जिताउनुभयो ।

एकपक्षीय खेलमा रियलको दबाब झेलेको ओभिडिओको गोल फर्काउने प्रयास सफल भएन । लिगमा लगातार दोस्रो जित निकालेको रियलले ६ अङ्क बनाएको छ । दोस्रो हार खेपेको ओभिडिओ अङ्कविहीन छ । एजेन्सी

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्