खेलकुद

एन्फा राष्ट्रिय लिग फुटबल: एपिएफ विजयी

काठमाडौँ । एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा विभागीय टोली नेपाल एपिएफ क्लब विजयी भएको छ ।

च्यासल रङ्गशालामा आज सम्पन्न खेलमा एपिएफले चर्च ब्वाइज युनाइटेडमाथि ४–१ को सहज जित निकाल्यो । एपिएफको जितमा युवराज खड्काले दुई तथा समीराज थोकर र प्रदीप लामाले समान एक–एक गोल गरे । यता चर्च ब्वाइजका लागि मिलन राईले एक गोल फर्काए ।

आजै सादोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न अर्को खेलमा न्युरोड टिम (एनआरटी)ले काँक्रेविहार क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै विजयी भएको छ ।

एनआरटीका लागि तिमोथी चिमेरी ओकेरेकेले गोल गरे भने अर्को गोल रनदीप पौडेलले गरे । रासस

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्