डायस्पोरा

एनआरएनए अमेरिकाको संरक्षकमा सुनिल शाह र सल्लाहकारमा भक्त थापा चयन

लस एन्जलस । गैर आवासिय नेपाली संघ (एनआरएनए) अमेरिकाको आइतबार सम्पन्न बैठकले संघको प्रमुख संरक्षकमा सुनिल शाहलाई चयन गरेको छ । संरक्षकमा निबर्तमान अध्यक्ष डा अर्जुन बन्जाडे सहित ८ जना चयन गरिएको छ ।

यसै गरि संघको राष्ट्रिय समन्वय परिषदको सल्लाहकारमा श्री पशुपति नाथ बुद्ध मन्दिरको संस्थापक अध्यक्ष भक्त थापालाई चयन गरिएको छ । अमेरिकाका विभिन्न राज्यका १५ जना लब्ध प्रतिष्ठित अगुवाहरुलाई संघको सल्लाहकारमा चयन गरिएको छ ।

संघका नवनिर्वाचित कार्य समितिका अध्यक्ष सतेन्द्र शाहको अध्यक्षतामा सम्पन्न बैठकले संरक्षक परिषद र सल्लाहकार चयन गरेको हो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्