खेलकुद

एजनद्वारा उत्पादित खेल सामाग्री बजारमा

काठमाडौं  । नेपालका लागि एजनको आधिकारिक विक्रेता सुवासना इन्टरनेसनल प्रा.लि. ले एजनद्वारा उत्पादित खेल सामाग्री मंगलबार सार्बजनिक गरेको छ ।

एजनकी प्रोपाइप्रटर लि मेङ, एजनकी मार्केटिङ हेड जेनी र एक्सक्लुसिभ पार्टनर अफ एजन नेपाल तथा सुवासनाका प्रबन्ध निर्देशक सुशिल श्रेष्ठले लाजिम्पाटमा आयोजित एक कार्यक्रमबीच ‘प्रोडक्ट लोन्च’ गरे । चीनियाँ संस्था एजनद्वारा उत्पादित सामाग्रीमा बास्केटबल, भलिबल, फुटबल, टेबलटेनिस, सटलकक र पिकलबल छन् ।

प्रबन्ध निर्देशक श्रेष्ठले विगत ३ वर्षदेखि खेल सामाग्री वितरण गर्दै आएपनि आधिकारिक रुपमा पहिलोपटक ‘प्रोडक्ट लोन्च’ गरेको बताए । उनले मोफसलमा पोखरा, विराटनगर, धरान र नारायणगढमा आफ्ना सामाग्रीहरु पठाएको जानकारी गराउदै ग्राहकबाट राम्रो प्रतिक्रिया आएकोमा उत्साहित रहेको बताए ।

प्रोपाइप्रटर लिले आफ्नो सामाग्रीलाई विश्वास गरेकोमा सुवासनालाई धन्यवाद दिदै गुणस्तरमा कुनै कमी आउन नदिन एजन सतर्क रहेको बताइन् ।

उपत्यकामा एजनका ३ आउटलेट सञ्चालनमा छन् । लाजिम्पाटमा गो स्पोर्ट्स, टोखामा स्पोर्ट्स जोन र कीर्तिपुरमा फ्रेन्ज स्पोर्ट्स सेन्टरले एजनका सामाग्री विक्री गर्दै आएका छन् ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्