एक्सक्लुसीभ

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचनमा श्रम संस्कृति पार्टीका सांसद रुबीकुमारी ठाकुर निर्वाचित हुनुभएको छ । 

प्रतिनिधि सभाका सभामुख डोल प्रसाद अर्यालले ठाकुरलाई उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेस गर्दा उहाँको पक्षमा जम्मा २२९ मत खसेको थियो भने विपक्षमा ५ मत र तटस्थमा २२ मत खसेको थियो ।

सभामुख अर्यालले ठाकुरको प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्दै उपसभामुखमा निर्वाचित भएको घोषणा गर्नुभयो । आजको प्रतिनिधिसभा बैठकमा २५६ जना सांसद उपस्थित हुनुहुन्थ्यो ।

उपसभामुख पदको निर्वाचनमा राप्रपाकी सांसद सरस्वती लामाले जम्मा ५ मत प्राप्त गर्नुभएको थियो । लामाको विपक्षमा २१५ मत र तटस्थमा ३७ मत परेको थियो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्