खेलकुद

इन्डियन ओपन विश्व एथलेटिक्स ब्रोन्ज कन्टिनेन्टल टुरमा सहभागी हुने टोलीको बिदाइ

काठमाडौँ । प्रथम इन्डियन ओपन विश्व एथलेटिक्स ब्रोन्ज कन्टिनेन्टल टुरमा सहभागी हुने टोलीको बिदाइ गरिएको छ ।

नेपाल एथलेटिक्स सङ्घले बुधबार १२ खेलाडीसहित १४ सदस्यीय नेपाली टोलीको बिदाइ गरेको हो । खेलाडीमा आदेशकुमार यादव, सोमबहादुर कुमाल, मुकेशबहादुर पाल, सलिम देवान, डिल्ली खत्री, रोहित चौधरी, प्रकाश दनुवार, कलेसी चौधरी, नारायणी भण्डारी, सीमाकुमारी चौधरी, चन्द्रकला लाम्गाडे र पूर्णलक्ष्मी न्यौपाने हुनुहुन्छ ।

यस्तै अफिसियलमा शिवलाल आचार्य र अनिलरुद्र कुमार चौधरी रहनुभएको छ । प्रतियोगिता भारतको उडिसामा अगस्ट १० तारिखम हुनेछ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङलगायतले बिदाइ गर्नुभयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्