मनोरंजन

आमाप्रति समर्पित ‘ताते गर्दै’ गीत सार्वजनिक

काठमाडौँ । आमाप्रति समर्पित ‘ताते गर्दै’ बोलको गीत सार्वजनिक भएको छ ।

डायस्पोरामा बसेर नेपाली गीत–सङ्गीतलाइ माया गर्ने गायिका नीता आचार्यको नयाँ गीत काठमाडौँमा एक समारोहबिच सार्वजनिक भएको हो ।

उक्त गीत आमा र माटोलाई समर्पण गरिएको छ । विश्व साइकलयात्री पुष्कर शाहको शब्दमा रहेको यस गीतमा शिशिर योगीले सङ्गीत भर्नुभएको छ ।

गीतमा रहेको काठमाडौँ र मकवानपुरको सुन्दर दृश्यहरू प्रताप सिंहले कैद गर्नुभएको छ । गीतको निर्देशन भने किरण श्रेष्ठले गर्नुभएको हो ।

गायिका आचार्य बिगत ३० वर्षदेखि अमेरिका बस्दै आउनुभएको छ । उहाँका अन्य दर्जनौ गीतले यसअघि पनि नेपाली गीत–सङ्गीत क्षेत्रमा छाप छोडी सकेको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्