साहित्य

‘आफैंलाई फर्केर हेर्दा’ सार्वजनिक

काठमाडौँ । झापाका पुराना राजनीतिज्ञ तथा समाजसेवी कृष्णप्रसाद पाठकको आत्मकथा “आफैंलाई फर्केर हेर्दा” सार्वजनिक भएको छ ।

पाठकको आत्मकथा “आफैंलाई फर्केर हेर्दा”मा लेखकको जीवनयात्रा, संघर्ष, राजनीतिक उतार–चढाव, सामाजिक भोगाई तथा व्यक्तिगत स्मृतिलाई प्रस्तुत गरिएको छ।

पुस्तकमा नेपाली कांग्रेसभित्रको संगठनात्मक राजनीति, भूमि सुधार र सुकुम्बासी समस्या, राजनीतिक आन्दोलनका क्रममा भोग्नुपरेका गिरफ्तारी र दमन, साथै गम्भीर स्वास्थ्य समस्यासँग जुध्दाको जीवनदृष्टिसमेत समेटिएको छ।

पुस्तक विमोचन कार्यक्रममा साहित्यकार कृष्ण धारवासी, पूर्वन्यायाधीश मोहन सिटौला, पूर्व राजदूत कृष्ण ओली, लेखक खगेन्द्र संग्रौला, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति गंगा उप्रेतीलगायत राजनीतिज्ञ, बुद्धिजीवी, लेखक, पत्रकार र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वको उपस्थिति रहेको थियो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्