इमिग्रेशन अपडेट

आइसद्वारा फ्लोरिडामा आपराधिक अभियोगका गैरकानूनी आप्रवासीहरू पक्राउ

लस एन्जलस ।आज अध्यागमन र भन्सार प्रवर्तन (आइस) द्वारा फ्लोरिडा पक्राउ परेका आपराधिक अभियोगका गैरकानूनी आप्रवासीहरू नाबालिगसँग अनैतिक सम्बन्ध, हत्या, बच्चामाथि यौन दुर्व्यवहार, कोकेन राख्ने, घरेलु हिंसा, र अन्य जघन्य अपराधीहरु रहेका छन् ।

सचिव नोएमले भनिन्, ‘आइसद्वारा पक्राउ परेका ७० प्रतिशत अमेरिकामा अपराधमा दोषी ठहरिएका वा अभियोग लगाइएका अवैध आप्रवासीहरू हुन्।’

मध्य र दक्षिण फ्लोरिडा क्षेत्रमा पक्राउ परेका आपराधिक अभियोगका गैरकानूनी आप्रवासीहरूमा एरिक कार्लोस आर्टिल्स रामोस, क्युबा, ओस्कर अल्फ्रेडो रेटाना मारोक्विन, एल साल्भाडोर, आर्टुरो सान्चेज मोरालेस, मेक्सिको, जुआन क्रुज-एस्ट्राडा, मेक्सिको र फ्रेडी डे लियोन-भेन्चुरा, ग्वाटेमाला रहेका छन् ।

यसै गरि पक्राउ परेका आपराधिक अभियोगका गैरकानूनी आप्रवासीहरूमा लेलिस रेनाल्डो बेजारानो-जेरोन, होन्डुरस, एन्टोनी डेल क्रिस्टो बोलिभर गिल, भेनेजुएला, जायरो बेर्साबी अगुस्तीं, ग्वाटेमाला र जोस भिल्लारियल गार्सिया, मेक्सिको छन् ।

आइसद्वारा फ़्लोरिडामा पक्राउ परेका अधिकांस आपराधिक अभियोगका गैरकानूनी आप्रवासीहरू हिस्पानिक समुदायका सदस्य रहेका छन् ।

 

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्