मनोरंजन

अर्जुन र आश्माको पराई मान्छे भिडियो रिलिज

काठमाडौँ । गायक अर्जुन गहतराजको पराई मान्छे बोलको गीतको भिडियो रिलिज भएको छ । सरिता सुनार र अर्जुनको स्वर रहेको पराई मान्छेले प्रेम र वियोगको कथालाई नजिकबाट केलाएको छ ।

गायक स्वयम्कै शब्द संगीत रहेको सार्वजनिक गीतको भिडियोमा आफूलाई भन्दा बढी माया गरेको मान्छे टाढिँदाको कथालाई भिडियोमा निर्देशक विशाल बरालले कलात्मक शैलीमा प्रस्तुत गर्नुभएको छ।

भिडियोमा मोडल अर्जुन र आश्मा कँडेल खुल्नुभएको छ । नार्गाजुनमा छायांकन गरिएको भिडियोको कथा पनि गायक स्वयम्कै हो । पूर्ण संयोगको संगीत संयोजन रहेको सार्वजनिक गीतको छायांकन महेश महराले गर्नुभएको हो । सम्पादन मिन रावलले मिहिनेत गर्नुभएको छ । भिडियो अर्जुन गहतराज अफिसियलबाट बजारमा आएको हो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्