आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपियाँ ९५ पैसा र बिक्रीदर १५२ रुपियाँ ५५ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १७० रुपियाँ ०७ पैसा र बिक्रीदर १७० रुपियाँ ७४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०१ रुपियाँ ५७ पैसा र बिक्रीदर २०२ रुपियाँ ३७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८२ रुपियाँ ३० पैसा र बिक्रीदर १८३ रुपियाँ ०२ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर १०६ रुपियाँ ५२ पैसा र बिक्रीदर १०६ रुपियाँ ९५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपियाँ ९१ पैसा र बिक्रीदर १०७ रुपियाँ ३३ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११८ रुपियाँ ५३ पैसा र बिक्रीदर ११९ रुपियाँ तोकिएको छ ।
जापानी येन १ को खरिददर नौ रुपियाँ ५९ पैसा र बिक्रीदर नौ रुपियाँ ६३ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ ७० पैसा र बिक्रीदर २२ रुपियाँ ७९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपियाँ ४६ पैसा र बिक्रीदर ४० रुपियाँ ६२ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपियाँ ६८ पैसा र बिक्रीदर ४१ रुपियाँ ८५ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ५३ पैसा र बिक्रीदर चार रुपियाँ ५४ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपियाँ ३७ पैसा र बिक्रीदर ४१ रुपियाँ ५४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ २२ पैसा र बिक्रीदर ३७ रुपियाँ ३७ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपियाँ ३८ पैसा र बिक्रीदर ११ रुपियाँ ४२ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपियाँ २५ पैसा र बिक्रीदर १५ रुपियाँ ३१ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ७५ पैसा र बिक्रीदर २२ रुपियाँ ८४ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १९ रुपियाँ ३६ पैसा र बिक्रीदर १९ रुपियाँ ४४ पैसा, कुवेती दिनार एकको खरिददर ४९३ रुपियाँ १० पैसा र बिक्रीदर ४९५ रुपियाँ ०५ पैसा, बहराइन दिनार एकको खरिददर ४०२ रुपियाँ २० पैसा बिक्रीदर ४०३ रुपियाँ ७९ पैसा, ओमनी रियाल एकको खरिददर ३९४ रुपियाँ ६७ पैसा र बिक्रीदर ३९६ रुपियाँ २३ पैसा रहेको छ ।
भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।