राजनीति

कांग्रेस महाधिवेशन : उपसभापति शर्मा र महामन्त्री घिमिरेको प्रतिवेदन पारित

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्द सत्रमा उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री गुरुराज घिमिरेले प्रस्तुत गर्नुभएको प्रतिवेदन पारित भएको छ । 

उपसभापति शर्माले प्रस्तुत गर्नुभएको प्रस्तावमा लोकतान्त्रिक संस्कृतिमा भइरहेको क्षयलगायत समसामयिक राजनीतिक विषयलाई समेटिएको छ । बन्द सत्रले उक्त प्रस्ताव पारित गरेको हो ।

प्रस्ताव पारित भएपछि उपसभापति शर्माले कांग्रेसको बन्द सत्रलाई खुला संसारले सुन्ने गरी प्रस्तुत गरिएको भन्दै यसलाई पनि ऐतिहासिक विषयका रूपमा व्याख्या गर्नुभयो । उपसभापति शर्माले काँग्रेसले हार र जित दुवै अवस्थामा जनताको कुरा सुन्ने संस्कार विकास गर्नुपर्ने बताउनुभयो ।

उपसभापति शर्माले काँग्रेसलाई गुनासो गर्नेभन्दा आशा, विश्वास र भरोसा गर्न सकिने पार्टीका रूपमा विकास गर्नुपर्ने बताउनुभयो । “उत्तर भएको कांग्रेस, गुनासो होइन, आशा र विश्वास र भरोसा गर्ने कांग्रेस हो, अब निराशा होइन, यस्तो कांग्रेस बनाउने हो,” उहाँले शर्माले भन्नुभयो । महाधिवेशनबाट कसले कुन पद जित्छ भन्ने विषयमा मात्रै केन्द्रित नहुन प्रतिनिधिलाई आग्रह गर्दै उपसभापति शर्माले कांग्रेसको मूल उद्देश्य पार्टीलाई लोकतान्त्रिक मूल्य र संस्कृतिअनुसार अघि बढाउनु रहेको बताउनुभयो ।

काँग्रेसभित्र लोकतान्त्रिक संस्कृतिलाई थप बलियो बनाउँदै पार्टीलाई जनताले सुन्ने, विश्वास गर्ने र भरोसा गर्ने राजनीतिक शक्तिका रूपमा अघि बढाउनुपर्नेमा उपसभापति शर्माले जोड दिनुभयो ।

यसैगरी बन्द सत्रमा महामन्त्री घिमिरेले प्रस्तुत गर्नुभएको प्रतिवेदन पनि पारित भएको छ । महाधिवेशनको आज चौथो दिन खुलामञ्चमा आयोजित बन्द सत्रले उक्त प्रतिवेदन पारित गरेको हो ।

महामन्त्री घिमिरेले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा काँग्रेसलाई बलियो र लोकप्रिय पार्टीका रूपमा अघि बढाउने विषयलाई प्राथमिकता दिइएको छ । बन्द सत्रले प्रतिवेदन पारित गर्दै त्यसमा प्रस्तावित नीति तथा कार्यक्रमलाई अघि बढाउने बाटो खुला गरेको छ । प्रतिवेदन पारित भएपछि काँग्रेसलाई थप बलियो, व्यवस्थित र लोकप्रिय पार्टीका रूपमा अघि बढाउने प्रस्ताव कार्यान्वयनतर्फ जाने भएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्