अर्थ

बाढी प्रभावित १५ स्थानीय तहका लागि १३ करोड ५० लाख रुपियाँ निकासा

काठमाडौं । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित पाँच जिल्लामा १५ स्थानीय तहका लागि १३ करोड ५० लाख रुपियाँ निकासा गरेको छ। सरकारले दुई चरणमा गरी ती पालिकाका लागि उक्त रकम निकासा गरेको हो।

बाढी गए लगत्तै रसुवा र नुवाकोटका लागि एक एक करोड र धादिङका लागि ५० लाख रुपियाँ दिने निर्णय गरेको थियो। त्यसपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत पहिलो चरणमा भदौ १२ गते ६ करोड ५० लाख र भदौ १६ गते ६ करोड ५० लाख गरी १३ करोड ५० लाख रुपियाँ निकासा गरेको हो।

रसुवाको उत्तरगया गाउँपालिकाका लागि १ करोड ५० लाख, गोसाइँकुण्ड गाउँपालिकाका लागि २ करोड, कालिका गाउँपालिकाका लागि ६० लाख र आमा छोदीङ्मो गाउँपालिकाका लागि ४० लाख रुपियाँ निकासा गरिसकेको छ।

त्यसैगरी नुवाकोटको विदुर नगरपालिकाका लागि ३ करोड, बेलकोटगढी नगरपालिकाका लागि १ करोड ७५ लाख, किस्पाङ्ग गाउँपालिकाका लागि ५० लाख, तारकेश्वर गाउँपालिकाका लागि १ करोड रुपियाँ निकासा गरिएको छ।

धादिङको गल्छी गाउँपालिकाका लागि ६० लाख, सिद्धलेक गाउँपालिकाका लागि ४० लाख, गजुरी गाउँपालिकाका लागि ४० लाख, बेनीघाट गाउँपालिकाका लागि ४० लाख रुपियाँ निकासा गरिएको छ। साथै गोरखाको गण्डकी गाउँपालिकाका लागि ४० लाख र तनहुँको देवघाट गाउँपालिकाका लागि ४० लाख र आबुँखैरनी गाउँपालिकाका लागि ४० लाख रुपियाँ निकासा भइसकेको छ।

त्यसैगरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हालसम्म ७ अर्ब ८८ लाख ५७ हजार २१७ रुपियाँ जम्मा भएको छ। जसमध्ये राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई भदौ १६ गते १ करोड रुपियाँ उपलब्ध गराएको थियो।

हाल कोषमा ६ अर्ब ८८ लाख ५७ हजार २१७ रकम मौज्दात छ। साथै प्रधानमन्त्री राहत कोषमा थप ६१ लाख ४१ हजार ७०२ अमेरिकी डलर जम्मा भएको छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्