नेपाल

कोशी ब्यारेजमा जलसतह खतराको तह पार

सप्तरी । सप्तकोशी नदीमा पानीको बहाव बढी भएसँगै कोशी ब्यारेजमा जलसतह खतराको तह पार गरेको छ । बुधबार साँझ ६ः२० बजेको पछिल्लो मापन अनुसार कोशी ब्यारेज भएर २ लाख २९ हजार ६ सय ५० क्युसेक पानी बहिरहेको जनाएको छ ।

सप्तकोशीमा सम्भावित जोखिमलाई ध्यानमा राख्दै नियन्त्रणका लागि ब्यारेजका ५६ मध्ये २८ वटा ढोका खोलिएका छन् । जलसतह खतराको बिन्दु भन्दा माथि पुगेपछि स्थानीय प्रशासन तथा प्राविधिक टोलीले उच्च सतर्कता अपनाएका छन् ।

कोशी ब्यारेजमा पानीको प्रवाह एक लाख ५० हजार क्युसेक नाघेपछि सर्वसाधारणलाई सचेत गराउन खतराको सङ्केत स्वरूप पश्चिमतर्फ रातो बत्ती बाल्ने गरिन्छ ।

नदीमा पानीको बहाव उच्च रहेकाले कोशी नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई सजग रहन र उच्च सतर्कता अपनाउन स्थानिय प्रशासनले अनुरोध गरिएको छ । प्रशासनले नदी किनार आसपास नजान र त्यस क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्