खेलकुद

ज्ञान कार्निभलअन्तर्गत फुटबलमा ज्ञानोदयको दोहोरो जित

काठमाडौं। आयोजक ज्ञानोदय बालवाटिकाले ३२ औं स.बल ज्ञान कार्निभलअन्तर्गत फुटबलमा बुधबार दोहोरो जित हात पारेको छ । ज्ञानोदय ब्वाइज÷गल्र्स दुवैमा विजयी भयो।

ब्वाइजमा ज्ञानोदयले एलिक्सर एक्सेल्सियरलाई ३–० गोलले पराजित ग¥यो । ज्ञानोदयका प्रकाश थापाले ह्याट्रिक गरे।

गल्र्समा ज्ञानोदयले लिटिल एन्जल्स (एलए) लाई १–० गोलले हरायो । विपस्मा बुढाथोकीले निर्णायक गोल गरिन्। गल्र्सकै अर्को खेलमा एभीएमले त्रियोगलाई ५–० को फराकिलो गोलअन्तरले पाखा गायो । आरुषीले ३ तथा उजशाले २ गोल गरे।

ब्वाइज फुटबलको अन्य खेलमा एलएले डिएभीलाई ६–० गोलले पन्छायो । एलएका दिपेशले २ तथा निश्चल, जिम्मी, रुद्रान्स र रुपमले समान १–१ गोल गरे । मल्पीले राई स्कुलमाथि ३–० को जित दर्ता ग¥यो । मल्पीका सार्थक लम्साल, प्रिन्स हुमागाईं र अविभजय कार्कीले गोल गरे।

बास्केटबलको गल्र्समा एलएले एलआरआईलाई १६–७ तथा डिएभीले एलिक्सर एकेडेमीलाई १९–११ ले पराजित गरे । एलएकी स्कार्लेट प्रजापतिले ९ तथा डिएभीकी स्मारिका महर्जनले ९ स्कोर गरे । ब्वाइजमा एलआरआईले डिएभीलाई ३१–१६ ले हरायो । एलआरआईकी दिवाङ लामाले १६ अंक जोडिन्।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्