अर्थ

बजारमा सुनको मूल्य बढ्यो

काठमाडौँ। स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला रु दुई हजार ८०० ले बढेको हो । असली चाँदीको मूल्य तोलामा रु १० ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु तीन लाख १९ हजार ५०० कायम भएको छ । असली चाँदीको मूल्य प्रतितोला रु चार हजार ९७५ निर्धारण भएको छ ।

गत शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला रु तीन लाख १६ हजार ७०० र त्यति नै परिमाणको असली चाँदीको मूल्य रु चार हजार ९८५ कायम भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ६२३ र चाँदी ६९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्