निर्वाचनमा मतदान गर्ने गैर नागरिकहरूलाई देशनिकाला गर्न मुलिनको निर्देशन
सचिव मुल्लिनले अमेरिकी निर्वाचनमा गैरकानुनी रूपमा मतदान गर्ने विदेशी नागरिकहरूका लागि देशनिकाला लगायतका कडा सजाय लागू गर्न आइसलाई निर्देशन दिएका छन् ।
वाशिंगटन । गृह सुरक्षा विभाग (डिएचएस) का सचिव मार्कवेन मुल्लिनले चार राज्यका सचिवहरूलाई पत्र पठाउँदै ती राज्यहरूको मतदाता सूचीमा गैरकानुनी रूपमा समावेश भएका हजारौं गैर-नागरिकहरूबारे चेतावनी दिदै २,५०,००० भन्दा बढी सम्भावित गैर-नागरिकहरूलाई मतदाता सुचीबाट हटाउन निर्देशन दिएका छन्।
सचिव मुल्लिनले क्यालिफोर्नियाकी सेक्रेटरी अफ स्टेट (राज्य सचिव) शर्ली वेबर, न्यु जर्सीका सेक्रेटरी अफ स्टेट डेल काल्डवेल, नेभाडाका सेक्रेटरी अफ स्टेट फ्रान्सिस्को अगिलार र पेन्सिलभेनियाका सेक्रेटरी अफ स्टेट अल स्मिटलाई पत्र पठाएका हुन्।
मुल्लिनले चेतावनी पत्रमा भनेका छन्, ‘निर्वाचन सुरक्षा भनेको राष्ट्रिय सुरक्षा हो। “राष्ट्रपति ट्रम्पले हिजो राति घोषणा गरेझैं, डिएचएसले अमेरिकाका केवल ४ राज्यहरूमा मतदानका लागि गैरकानुनी रूपमा दर्ता भएका २,५०,००० भन्दा बढी सम्भावित गैर-नागरिकहरूको पहिचान गरेको छ। अमेरिकी नेताहरूलाई अमेरिकीहरूले मात्र चयन गर्नुपर्छ।’
ती चार राज्यहरूको अभिलेखको प्रारम्भिक समीक्षाबाट डिएचएसले गैर-नागरिकहरू दर्ता भएको दावी गर्दै चेतावनी पठाएको पत्रमा क्यालिफोर्नियामा मतदानका लागि दर्ता भएका १,९०,८३२ गैर-नागरिकहरू, न्यु जर्सीमा मतदानका लागि दर्ता भएका ३५,१५२ गैर-नागरिकहरू, नेभाडामा मतदानका लागि दर्ता भएका १५,९०३ गैर-नागरिकहरू, पेन्सिलभेनियामा मतदानका लागि दर्ता भएका १४,५७६ गैर-नागरिकहरू भएको बताएको छ ।
सचिव मुल्लिनले राज्यका सचिवहरूलाई दुई हप्ताभित्र जवाफ दिन र स्वतन्त्र, निष्पक्ष तथा इमानदार निर्वाचन सुनिश्चित गर्न ति राज्यहरुलाई आग्रह गरेका छन् ।
सचिव मुल्लिनले अमेरिकी निर्वाचनमा गैरकानुनी रूपमा मतदान गर्ने विदेशी नागरिकहरूका लागि देशनिकाला लगायतका कडा सजाय लागू गर्न आइसलाई निर्देशन दिएका छन् ।