राजनीति

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले निजी क्षेत्रका प्रतिनिधिलाई अपराधी सरह व्यवहार गरिरहेको आरोप लगाउनुभएको छ ।

आइतबार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले यस्तो आरोप लगाउनुभएको हो । उहाँले आर्थिक अपराधविरुद्ध सरकारले कानूनी ढङ्गले अघि बढाएको कारबाही प्रक्रियामा पार्टीको पूर्ण समर्थन भएपनि निजी क्षेत्रका प्रतिनिधि सबैलाई ठग जस्तो व्यवहार गरिएको भन्दै आपत्ति जनाउनुभयो ।

उहाँले सुशासन र आर्थिक अपराधमा संलग्नलाई कारबाही गर्दा काँग्रेस व्यक्ति, नेता वा नातागोता नहेरी सरकारको समर्थन गर्ने समेत स्पष्ट पार्नुभयो ।

तर सरकारले अपनाएको कार्यशैलीका कारण निजी क्षेत्र त्रसित बनेको उहाँको आरोप छ ।निर्माण व्यवसायी, बैंकरलगायत निजी क्षेत्रमा कार्यरत व्यक्तिलाई ठगीको दृष्टिले हेर्ने भाष्य निर्माण गरिएको भन्दै उहाँले यस्तो प्रवृत्तिले मुलुकको लगानी र उद्यमशीलतामा नकारात्मक असर पारेको टिप्पणी गर्नुभयो ।

उहाँले मुलुकमा भयको वातावरण सिर्जना भएकै कारण नयाँ व्यवसाय शुरु गर्न कोही पनि तयार नरहेको टिप्पणी गर्नुभयो ।सभापति थापाले सरकारले न्यून, मध्यम तथा पुँजी परिचालन गर्नसक्ने व्यक्ति कसैमा पनि आत्मविश्वास ल्याउन नसकेको टिप्पणी गर्नुभयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्