राजनीति

१६ वर्ष उमेर पूरा गरेका नागरिकलाई मतदाता नाम दर्ता गर्ने अवसर

काठमाडौं । आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति घोषणा भएपछि स्थगित भएको मतदाता नामावली सङ्कलन कार्य पुनः सुरु हुने भएको छ। 

निर्वाचन आयोगको निर्णयअनुसार मिति २०८२ कातिक असोज ३० गतेसम्म यो कार्य सञ्चालन गरिनेछ।

आयोगका अनुसार यस अवधिमा १६ वर्ष उमेर पूरा भई नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका तर यसअघि मतदाता नामावलीमा नाम दर्ता नभएका नागरिकहरूले दर्ता गर्न सक्नेछन्।

दर्ता प्रक्रिया सार्वजनिक विदा बाहेक विहान ८ बजेदेखि साँझ ६ बजेसम्म प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयमा सम्पन्न गर्न सकिने व्यवस्था मिलाइएको छ।

मतदाता नामावली दर्ता गर्न आयोगको वेवसाइट www.election.gov.np मा प्रि–रजिष्ट्रेशन (applyvr.election.gov.np) प्रणाली प्रयोग गरी आवेदन भर्न सकिनेछ। त्यसपछि सम्बन्धित प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा गएर जैविक (Biometric) विवरण उपलब्ध गराउनुपर्नेछ।

आयोगले यस कार्यक्रममा कानुनअनुसार मतदाता हुन योग्यताप्राप्त नागरिकहरूले नाम दर्ता गर्न सक्ने व्यवस्था रहेको स्पष्ट पारेको छ। साथै विवाह भई अन्यत्र गएका, बसाइँ सराइ गरेका मतदाताले ठाउँसारी गर्न सक्नेछन् भने नाम वा विवरणमा त्रुटि भएमा सच्याउन पनि सकिनेछ।

आयोगका प्रवक्ता तथा सहसचिव नारायण प्रसाद भट्टराईले मतदाता नामावलीमा नाम दर्ता हुन बाँकी रहेका १६ वर्ष पूरा गरेका सबै नेपाली नागरिकलाई आफ्नो नाम दर्ता गरी विवरण अद्यावधिक गर्न आग्रह गर्नु भएकाे छ। उहाँले आउँदो प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागिता जनाई नागरिक अधिकार प्रयोग गर्न सबैलाई आयोगको तर्फबाट हार्दिक अनुरोध गर्नु भएकाे छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.