नेपाल

चार करोड नगद र नौ तोला सुनसहित पक्राउ परेका ७७ वर्षीय वृद्धलाई राजस्व विभाग पठाइयो

काठमाडौँ । काठमाडौँ सामाखुसीबाट चार करोड २६ लाख नगद र ९ तोला बढी सुनसहित पक्राउ परेका ७७ वर्षीय विनोदकुमार श्रेष्ठलाई प्रहरीले अनुसन्धानका लागि आन्तरिक राजस्व विभाग हरिहर भवन पठाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार मङ्गलबार पक्राउ परेका श्रेष्ठलाई बुधबार थप अनुसन्धानका लागि राजस्व विभाग पठाइएको हो।

श्रेष्ठलाई मङ्गलबार दिउँसो काठमाडौँ महानगरपालिका-२६, सामाखुशीको एक घरबाट उक्त रकम, सुन र चाँदीसहित नियन्त्रणमा लिएको थियो। काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी, जिल्ला प्रहरी परिसर महाराजगन्ज र प्रहरी वृत्तको संयुक्त टोलीले अवैध रकम र सुनसहित घरधनी श्रेष्ठलाई नियन्त्रणमा लिएको हो।

श्रेष्ठलाई पक्राउ गरेपछि प्रहरीले उनका छोरा सनम खड्गीले कोठा भाडामा लिएको काठमाडौँ–१७, नयाँबजारको घरमा समेत खानतलासी गरेको थियो। सामाखुसी र नयाँ बजारबाट बराम नगद र धनमाल प्रहरीले बुधबार सार्वजनिक गरेको हो।

प्रहरीका अनुसार कुल चार करोड २६ लाख ४० हजार पाँच सय नगद, ९ किलो भन्दा बढी सुनका गरगहना र तीन किलो भन्दा बढी चाँदीका गरगहना बरामद गरेको हो। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.