नेपाल

अटो दुर्घटनमा एकको मृत्यु, ११ भारतीय नागरिक घाइते

नवलपुर । नवलपुरको देवचुली नगरपालिकामा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

देवचुली नगरपालिका ६ टोक्रेखोला पुल नजिकै कीर्तिपुरबाट दलदलेतर्फ आउँदै गरेको लु १ स ९०९४ नम्बरको पछाडि ढाला भएको सामान बोक्ने अटो दुर्घटना भएको नवलपुर प्रहरीले जनाएको छ ।

मृतक र घाइते सबै भारतीय नागरिक हुन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार दुर्घटनामा भारत मोतिहारीका ३५ वर्षीय रिजुवान खातुनको उपचारको क्रममा पुरानो मेडिकल कलेर भरतपुरमा मृत्यु भएको हो । मोतिहारीकै ३५ वर्षीय सवना खातनुको गम्भीर अवस्थामा भरतपुरमै उपचार भइरहेको नेपालले जानकारी दिनुभयो ।

त्यस्तै, दुर्घटनामा सोही ठाउँका १८ वर्षीय रजिया खातुन, ४२ वर्षीय मोहम्मद रजा, १५ वर्षका मेहेक इस्तियाक, ४० वर्षका इस्तियाक आलम, १८ वर्षका मोजमा इमाम, १२ वर्षका जोया इस्तियाक, ११ वर्षीया निजामुद्दिन हुसेन, १४ वर्षका सावा खातुन, १२ वर्षका उमर रजा र १६ वर्षकी कुलसुम वान घाइते हुनुभएको प्रहरी नायव उपरीक्षक नेपालले जानकारी दिनुभयो ।

घाइते सबैको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ । उहाँहरु सबै भारतबाट नवलपुरको देवचुलीमा विवाहका लागि आएको र पहाड घुम्ने भरेर कीर्तिपुर पुगेर फर्कर्दै गर्दा दुर्घटनामा परेको नेपालले जानकारी दिनुभयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.