नेपाल

अनुशासनको कारबाही पूर्वाग्रही रहेको शेखर समूहको निस्कर्ष

काठमाडौ । नेपाली कांग्रेसको शेखर कोईराला समूहले पार्टीको अनुशासन समितिले १८ नेता कार्यकर्तामाथि गरेको कारबाहीलाई अवैधानिक र पूर्वाग्रहपूर्ण ठहर गर्दै अस्वीकार गर्ने निर्णय गरेको छ ।

काठमाडौंको विशालनगरस्थित समूहको सम्पर्क कार्यालयमा बसेको बैठकले संस्थापन पक्षले गरेको कारबाही विधानसम्मत नभएको र राजनीतिक पूर्वाग्रहबाट प्रेरित रहेको निष्कर्ष निकालेको हो । बैठकले अनुशासन समिति आफैँले विधान उल्लंघन गरेको आरोप लगाउँदै यो कारबाहीलाई ‘स्वार्थ समूहको प्रतिशोध को संज्ञा दिएको हो ।

अनुशासन समितिकै दुई सदस्यले उक्त निर्णयमा असहमति जनाउँदै फरक मत लेखेको जानकारी गराएपछि इतर समूह थप आक्रामक बनेको छ । इतर समूहले कारबाही फिर्ता गर्न माग गर्दै सभापति शेरबहादुर देउवासँग छलफल गर्ने निर्णय समेत गरेको छ ।

नेता कोइराला सहितले सभापतिसँग छलफल गर्ने निर्णय बैठकले गरेको हो । कोइराला समूहले तत्कालका लागि कारबाहीमा परेका नेताहरूलाई पार्टीको केन्द्रीय कार्यसमितिमा पुनरावेदन दिन लगाउने र त्यसपछि यो विषयलाई सशक्त रूपमा उठाउने रणनीति बनाएको छ ।

पार्टी विधानमा कुनै पनि उजुरीमाथि ६ महिनाभित्र कारबाही गरिसक्नुपर्ने स्पष्ट व्यवस्था भए पनि त्यसको पालना नभएकाले कारबाही स्वतः अवैधानिक भएको इतर समूहको निस्कर्ष छ ।

 

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्