नेपाली जनसम्पर्क समिति बेलायतको अध्यक्षमा युवराज गुरुङ निर्वाचित
लण्डन । नेपाली जनसम्पर्क समिति बेलायतको अधिवेशनले युवराज गुरुङको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
बेलायतमा सम्पन्न अधिवेशनमार्फत विभिन्न पदाधिकारी तथा सदस्यहरू समेटिएको नयाँ कार्यसमिति चयन गरिएको हो।
नवनिर्वाचित महामन्त्री सुजन बन्जाराले दिएको जानकारी अनुसार कार्यसमितिको उपसभापतिमा विनोद कुमार योञ्जन, विशाल राई र सन्तोष सुवेदी चयन भएका छन्। यसैगरी, महामन्त्रीको जिम्मेवारी तपेन्द्र कुमार राई, सुजन बन्जारा र निशान्त लिम्बुले पाएका छन्।
कार्यसमितिको सह–महामन्त्री पदमा सुधिर भण्डारी, वसन्त राई, दुर्गा लिम्बु, एल. बी. जेड गुरुङ र बाबुराज राई निर्वाचित भएका छन्। यस्तै, कोषाध्यक्ष पदमा सुजित शाही चुनिएका छन्।
यसैगरी, कार्यसमितिका सदस्यहरूमा दिवाराज राई, पारस कोइराला, हर्क लिम्बु, गणेश राई, दिव्यज्योति साहु, होमबहादुर पुन, सुदेश राई, ईश्वर गुरुङ, दीपक गुरुङ र भीम राई रहेका छन्। बेलायतमा पार्टी सङ्गठनलाई थप सुदृढ र एकताबद्ध बनाएर अघि बढ्ने नवनिर्वाचित महामन्त्री बन्जाराले बताएका छन्।