अर्थ
मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १५० रुपैयाँ ५९ पैसा तोकिएको छ।
युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ८९ पैसा र बिक्रीदर १६८ रुपैयाँ ५६ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर २०१ रुपैयाँ २६ पैसा र बिक्रीदर २०२ रुपैयाँ ७ पैसा तोकिएको छ।
यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ५७ पैसा र बिक्रीदर १०३ रुपैयाँ ९८ पैसा तथा क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ५३ पैसा र बिक्रीदर १०६ रुपैयाँ ९५ पैसा रहेको छ।
यसैगरी साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ९६ पैसा र बिक्रीदर ४० रुपैयाँ १२ पैसा तथा कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ १५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ३१ पैसा रहेको बैंकले जनाएको छ।