राजनीति

यस पटक काँग्रेसको चियापान कार्यक्रम नहुने

ललितपुर ।  नेपाली काँग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका दिन चियापान कार्यक्रम आयोजना नगर्ने भएको छ ।

काँग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज  प्रेस विज्ञप्ति जारी गर्दै देश शोकमा रहेकाले यस वर्ष चियापान कार्यक्रम आयोजना नगर्ने निर्णय भएको बताउनु भएको हो ।

बिपी कोइरालाले २०३४ सालको कोजाग्रत पूर्णिमादेखि सुरु गर्नुभएको चियापान कार्यक्रमलाई काँग्रेसले विशेष परिस्थितिबाहेक हरेक वर्ष आयोजना गर्दै आएको थियो । रासस

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्